शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

वेस्ट इण्डिज 'ए' विरुद्ध कीर्तिपुरमा रोहितको 'वन म्यान शो'

वेस्ट इण्डिज 'ए' विरुद्ध कीर्तिपुरमा रोहितको 'वन म्यान शो'

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    वेस्ट इण्डिज 'ए' विरुद्ध कीर्तिपुरमा रोहितको 'वन म्यान शो'
    images

    दीपेन्द्र कुँवर -
    काठमाडौं । कीर्तिपुरमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालको शुरुवात राम्रो हुन सकेन् ।


    images
    images

    ओपनर अनिल साह व्यक्तिगत ५ रन जोडेर आउट भए, जति बेला नेपालले २ ओभर एक बलमा जम्मा १२ रन जोडेको थियो । तर कप्तान रोहित पौडेलको शानदार शतकीय ११२ कप्तानी प्रदर्शनमा नेपालले रोमाञ्चक जित हासिल गर्यो । 

    ओपनर अनिल साह आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा पुगेका कप्तान पौडेल शुरुदेखि नै आत्मविश्वासी देखिए । उनले आफूले सामना गरेको पहिलोमै चौका प्रहार गरे र खाता खोले । पहिलो बलमै चौका हानेका रोहितले दोस्रो बललाई पनि प्वाइन्टको दिशामा बाउन्ड्री बाहिर पठाए ।

    रोहित र भुर्तेलको जोडी जम्दै गरेको देखिएको थियो, तर ३८ रनमा नेपालले दोस्रो विकेट गुमायो । कुशल भुर्तेल १२ बलमा १६ रन बनाएर आउट भए । रोहितले भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि १६ बलमा २६ रन जोडे । त्यसपछि आएका बायाँ हाते ब्याटर कुशल मल्लसँग मिलेर रोहितले तेस्रो विकेटका लागि ४४ रन जोडे । कुशल १५ बलमा १६ रन बनाएर आउट भए ।

    रोहित एउटा किनारमा टिकीरहँदा अर्को किनारबाट अरु ब्याटरले खासै साथ दिन सकेनन् । कुशल तेस्रो विकेटका रुपमा आउट हुँदा नेपालले १० ओभरमा ८२ रन बनाएको थियो । रन रेट उकालो लाग्दै थियो र यसले सेट ब्याटर कप्तान रोहितमाथि दबाब बढ्दै गयो । दबाब बढे पनि रोहित विचलित भएनन् । रोहितलाई साथ दिन दीपेन्द्र सिंह ऐरी क्रिजमा आए ।

    Rohit_1.jpg

    ११ औं ओभरको दोस्रो र तेस्रो बलमा ओशान थोमसलाई छक्का र चौका हान्दै रोहितले २७ बलमा अर्धशतक पूरा गरे । २७ बलको सामना गरेर अर्धशतक बनाउँदा उनले ६ चौका र २ छक्का हाने । रोहितले अर्धशतक पुरा गर्दा  नेपाल १५ ओभरमा १३६–३ को अवस्थामा थियो र जित्नलाई बाँकी ३० बलमा ६९ रन चाहिएको थियो । रोहितलाई साथ दिन अर्को किनारमा थिए, दीपेन्द्रसिंह ऐरी ।

    रोहितले १६ औं ओभरको पहिलो बलमा  किमो पललाई छक्का र दोस्रो बलमा चौका हाने । तर तेस्रो बलमा दीपेन्द्र १८ बलमा २४ रन जोडेर आउट । रोहितले दीपेन्द्रसँग मिलेर चौथो विकेटका लागि ६४ रन जोडे । भरपर्दा दीपेन्द्र आउट भएपछि रोहित रोकिएनन, उनले आक्रामक खेलिरहे ।

    १६ ओभरको पाँचौ बलमा २ र अन्तिम बलमा रोहितले चार रन हाने । १७ औ  ओभरमा म्याथ्यु फर्डलाई उनले २ छक्का हान्दै ४५ बलमा ९५ रनको स्थितिमा पुगे ।१८ औं ओभरको दोस्रो बलमा ओबेद म्याककोयको बलमा दुई रन बटुल्दै रोहितले ४७ बलमा शतक पूरा गरे ।

    पहिलो ५० रन जोड्न २७ बल खेलेका रोहितले दोस्रो ५० रन मात्रै २० रनमा बटुले । शतक बनाउने बेलासम्म उनले  १० चौका र ५ छक्का हाने । त्यतिबेला नेपाललाई जितका लागि १६ बलमा २७ रन चाहिएको थियो । तर उनले शतक बनाउँदा पनि सेलिब्रेसन गरेनन् । यो रोहितको टी–२० करिअरकै पहिलो शतक हो । खेल जिताएपछि मात्रै सेलिब्रेसन गर्नुपर्ने उनको मान्यता छ ।रोहितले २०२२ मा ओडीआईमा पपुवा न्युगिनीविरुद्ध शतक हान्दा पनि शतकको सेलिब्रेसन गरेका थिएनन् ।
    १९ औं ओभरको पाँचौं बलमा रोहित ५४ बलमा ११२ रन बनाएर आउट हुँदा नेपाललाई खेल जित्न ७ बलमा १३ रन चाहिएको थियो ।

    rohit_mom.jpg

    १९ औं ओभरको अन्तिम बलमा प्रतिश जिसीले चौका हाने । अब अन्तिम ६ बलमा ९ रन चाहिएको थियो । तेस्रो र चौथो बलमा गुल्सन झाले चौका हान्दै नेपाललाई रोमाञ्चक जित दिलाए । ब्याटिङमा मात्रै होइन नेपालका लागि बलिङ र फिल्डिङमा समेत रोहितले उत्कृष्ट भूमिका निभाए । २६ बलमा ४७ रन बनाएका अलिक अथान्जलाई रोहितले नै ललित राजवंशीबाट क्याचआउट गराउँदै पेवेलियन फर्काए । त्यस्तै, ५ बलमा १३ रन बनाएका आन्द्रे फ्लेचरलाई रोहित र अनिल साह मिलेर रनआउट गरे । 

     एक हप्ताअघि मात्रै एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग हारेर एसिया कप गुमाएको नेपाललाई यस जितले ठूलो राहत दिएको छ र यसले नेपाली टिमको आत्मबल बढाएको छ । ‘ओमानमा हार्दा हामी निराश थियौं, नराम्रो लागेको थियो । तर त्यसलाई बिर्सेरै अगाडि बढ्नुपर्छ ।’ रोहितले कप्तानी प्रदर्शनपछि भने । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार