बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने: कोही कोहीको काम हामीलाई हेप्ने मात्र छ

ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने: कोही कोहीको काम हामीलाई हेप्ने मात्र छ

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने: कोही कोहीको काम हामीलाई हेप्ने मात्र छ
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूहरुलाई हेप्ने गरिएको टिप्पणी गरेका छन् ।


    images
    images

    हेटौंडामा शनिबार पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपालले ओलीप्रति आक्रोश व्यक्त गरेका हुन । ओलीमा देखिएको अहंकारका कारण २०७४ सालको आम चुनावमा तत्कालिन नेकपाले पाएको झण्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको उनले बताए ।
    'कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने । हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन । संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो ।’ नेपालले भने, हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ,  ।उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको बताए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार