शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदानः  निर्वाचन आयोग

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदानः  निर्वाचन आयोग

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदानः  निर्वाचन आयोग
    images

    काठमाडौं ।  इलाम–२ मा प्रतिनिधिसभा र बझाङ १ को प्रदेश १ मा शान्तिपूर्ण मतदान भएको छ । 
    दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मत खसेको छ । 
    इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आयोगले शनिबार साँझ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । 


    images
    images

    उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
    इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११ः०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर बझाङमा भने  हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानी  भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिएका छन् । 

    बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका  मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगले जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार