आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

श्रीमती, छोरी र नातिनीको हत्यापछि काजीले छोडेका थिए भिडिओ सन्देश

श्रीमती, छोरी र नातिनीको हत्यापछि काजीले छोडेका थिए भिडिओ सन्देश

साझा पोष्ट
बुधबार, फागुन ९ २०८०
  • images
    श्रीमती, छोरी र नातिनीको हत्यापछि काजीले छोडेका थिए भिडिओ सन्देश
    images

    काठमाडौं । काठमाडौंको सीतापाइलामा श्रीमतीसहित तीन जनाको हत्या गरेपछि राजु घिमिरे भन्ने काजी विश्वकर्माले आत्महत्या गर्नु अघि भिडिओ  सन्देश छाडेको भेटिएको छ।उनले १४ वर्षका छोरा  अनिश श्रेष्ठलाई उनकै मोवाइलबाट खिच्न लगाएर घटना हुनुको कारण खुलाउँदै छोरा बुहारीलाई मिलेर बस्न भनेका छन्।


    images
    images

    परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । काजीले बुधबार बिहान श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी अनिसा श्रेष्ठ र २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या गरेका थिए। 

    उनले भिडिओमा बुहारी जेनी श्रेष्ठसँग गुनासो गर्दै आउँदा दिनमा छोरासँग मिलेर बस्न र आफ्नो छोरा अनिशलाई हेला नगर्न भनेका छन्। श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका कारण हत्या गरेको बताएका छन्। यसबारेमा बुहारी जेनीलाई पहिल्यै थाहा भए पनि आफूलाई नभनेका कारण घटना हुन पुगेको काजीले भिडिओमा बताएका छन्।

    ‘मैले हिजो बेलुका भनेको काम गरिसकेको छु। मैले भनेको सबै कुरा भइसक्यो। मैले गरिसकेँ। यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ। तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? भिडिओमा भनिएको छ पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन। तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ।'


    राम्रो हुने प्रतीक्षा गर्दा गर्दा नभएपछि आफूले यस्तो गरेको उनले भिडियोमा भनेका छन् ।  ‘मैले बाँचेर गरिखाने ठाउँ भएन। आज पो राम्रो होला कि भोलि पो राम्रो होला कि भनेर हेरेँ कहिल्यै पनि राम्रो भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु। तिमिहरु मिलेर गरिखानु। मिलेर बस्नु, ममिजस्तो भएर नहिँड्नु। ममिजस्तो दुनियाँ केटासँग नहिँड। बाहिरबाहिर दशथरी केटासँग गुपचुप नहिँड।' भिडिओमा भनिएको छ. अगाडि भनिएको छ  त्यही हो मेरो भनाइ माफ गरिदे मलाई मैले हिजो सोचेको सबै गरिसकेँ। अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु। अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी। सुन सबै दराजमै छ। एकचोटी मात्रै अनिशलाई हेला गरेको देखेँ भने तलाई पनि राम्रो हुँदैन।’

    त्यसपछि काजीले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरिसकेको र आफूले पनि अब आत्माहत्या गर्ने बताएका थिए। त्यसपछि आफन्तले प्रहरीलाई खबर गरे। तर प्रहरी पुग्दा उनी घरभन्दा माथि जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

    ईश्वरी श्रेष्ठ र काजी विश्वकर्माले १८ वर्ष पहिले प्रेम विवाह गरेका थिए। काजीसँग विवाह गर्नुपहिले नै ईश्वरीले पहिलेका श्रीमानसँग सम्बन्धबिच्छेद गरेकी थिइन्।

    पहिलेका श्रीमानबाट जन्मिएका छोरा हुन् अनिल। उनी वैदेशिक रोजगारीमा छन्। जेनी अनिलकी श्रीमती हुन्। काजीले हत्या गरेकी नातिनी शिवानी अनिल र जेनीकी छोरी हुन्।

    ईश्वरी र काजीको  छोरा र एक छोरी  १४ वर्षका अनिश र ८ वर्षकी अनिशा  हुन्। तर अनिशाको आमासँगै हत्या भयो। अनिशलाई भने घटनापहिले नै काजीले पसलमा पठाएको र पसलबाट फर्किएपछि भिडिओ खिच्न लगाएको पाइएको छ ।  अनिशकै मोबाइलमा उक्त भिडिओ फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको छ। यस विषयमा सोधपुछ भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताएका छन्।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार