शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा गोली चल्दा ६० जनाको मृत्यु

रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा गोली चल्दा ६० जनाको मृत्यु

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा गोली चल्दा ६० जनाको मृत्यु
    images

    काठमाडौं । रुसको राजधानी मस्कोको एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।


    images
    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् ।शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले जनाएको छ । 

    आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।

    कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक रहेको उक्त कन्सर्ट हलमा ६ हजार २०० मानिस अटाउन सक्छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार