काठमाडौं । ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको छ। आइतबार राति अन्दाजी ११ बजे सडकमै ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनामा करिब २८ वर्षाीय रोवश राई र करिव २९ वर्षीय पुजन राईको मृत्यु भएको एसपी नरेशराज सुवेदीले जानकारी दिए । रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको हो । मृतकको छाती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ।
पाँचथर घर भएका पुजन ललितपुरको खुमलटार र सुनसरीको धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेको खुलेको छ । प्रहरीले १८ जनालाई पक्रेर सोधपुछ गरिरहेको छ ।