बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

वेस्ट ईन्डिज 'ए' ले नेपाललाई दियो २०५ रनको लक्ष्य

वेस्ट ईन्डिज 'ए' ले नेपाललाई दियो २०५ रनको लक्ष्य

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    वेस्ट ईन्डिज 'ए' ले नेपाललाई दियो २०५ रनको लक्ष्य
    images

    काठमाडौं । वेष्टइण्डिज ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो । वेष्टइण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७,केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए ।कदिम एलियन १५ बलमा २ चौकासहित १४ रनमा नट आउट रहे ।आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।प्प्प नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार