शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बागमती सरकारमा संस्कृति मन्त्री बन्दै हानेपाका बज्राचार्य

बागमती सरकारमा संस्कृति मन्त्री बन्दै हानेपाका बज्राचार्य

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    बागमती सरकारमा संस्कृति मन्त्री बन्दै हानेपाका बज्राचार्य
    images

    काठमाडौं ।   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।


    images
    images

    मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी ९हानेपा०का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

    अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ । यस अघिको गठबन्धनमा यो मन्त्रालय नेपाली कांग्रेसको भागमा थियो । कांग्रेसको तर्फबाट पुकार महर्जन मन्त्री बनेका थिए । यो पार्टीले ९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर अहिले बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

    बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सत्ताको रस्साकस्सीमा यो पार्टीले मुख्यमन्त्री दाबी गरेको थियो । तर मुख्यमन्त्री जमकट्टेलाई समर्थन गर्दै सरकारमा जान लागेको छ । योसँग प्रदेश सरकार जोगिने भएको छ  । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार