शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

लोकेशको शतकका बाबजुद नेपाल 'ए' आयरल्याण्ड 'ए'सँग पराजित

लोकेशको शतकका बाबजुद नेपाल 'ए' आयरल्याण्ड 'ए'सँग पराजित

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    लोकेशको  शतकका बाबजुद नेपाल 'ए' आयरल्याण्ड 'ए'सँग पराजित
    images

    काठमाडौं । आयरल्यान्ड ए विरुद्धको पहिलो टी–२० खेलमा घरेलु टोली नेपाल ए २१ रनले पराजित भएको छ । हारसँगै नेपाल तीन खेलेको श्रृंखलामा १ -० ले पछि परेको हो । 


    images
    images

     त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ए दिएको नेपाल ए १९ ओभर ३ बलमा २०१ रनमा अलआउट भयो । जित नजिक पुगेर पनि नेपाल लय गुमाउँदा पराजित भयो  । एक समय ४ विकेटको क्षतिमा १८९ रन बनाएर जित्ने स्थितिमा रहेको नेपालले १३ रन जोड्दा बाँकी छ विकेट गुमायो । सेट ब्याटर लोकेश बम र आरिफ शेखको प्रस्थानपछि अन्य ब्याटरले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कमजोर फिनिसिङकै कारण नेपाल हार बेहोर्न पुग्यो ।

    लोकेश आउट हुँदा नेपाललाई २४ बलमा ३४ रन चाहिएको थियो ।ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्कासहित १ सय ६ रन जोडे । उनी १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा  आउट भए  ।  त्यसपछि आरिफ  आउट हुँदा पनि नेपाल बलियो स्थितिमा थियो । आरिफ २६ बलमा ५ छक्का र १ चौकाको मद्दतले ४९ रन बनाए । आरिफ र लोकेशले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । नेपालका चार ब्याटरले खाता खोल्न सकेनन भने अरु मध्ये दोहोरो अंकमा विनोद भण्डारीले मात्रै १६ रन जोडे । 
    यसअघि आईरिस टोलीले  निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।  कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए। केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए।

    स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए।गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए। डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए।नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १र१ विकेट लिए।
    नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार