सोमबार, वैशाख १७ गते २०८१
Logo
सोमबार, वैशाख १७ गते २०८१

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस
    images

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।


    images
    images

    ५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जानै लाग्दा  रिक्त हुने २ पदमा गृहमन्त्रालयले जोशी र ढकाललाई  सिफारिस गरेको हो । 

    जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

    जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । ढकालको प्राप्ताङ्क ७३.६३०६ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार