मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सर्वोच्चमा सुनुवाइ अघिनै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्रीको तयारी, प्रधानमन्त्रीसँग अर्थपूर्ण भेट

सर्वोच्चमा सुनुवाइ अघिनै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्रीको तयारी, प्रधानमन्त्रीसँग अर्थपूर्ण भेट

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    सर्वोच्चमा सुनुवाइ अघिनै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्रीको तयारी, प्रधानमन्त्रीसँग अर्थपूर्ण भेट
    images

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको वैशाख १० को पेशी अघि नै विश्वासको मत लिने तयारी गरेका छन् ।


    images
    images

    मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले त्यसै अनुसार प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  वैशाख ७ गते अधिवेशन बोलाउन सिफारिस पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छ । गृह जिल्ला रहेका प्रदेश प्रमुख बुधवार पोखरा फर्किनेछन् । प्रदेश प्रमुख फर्किएपछि आजै अधिवेशन आह्वान गर्ने तयारी भइरहेको छ ।

    सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

    एमाले संसदीय दलका नेता अधिकारीले सभामुख धिताललाई समेत माओवादी दलको सदस्यमा गणना गरेर चैत २५ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख भट्टले पनि त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए ।

    सभामुख माओवादीबाट भएकाले गठबन्धनलाई बहुमत पुग्दैन । अर्कोतर्फ माओवादी संसदीय दलमा रहेको नेसपा सांसद फडिन्द्र देवकोटा पनि यो गठबन्धनलाई साथ नदिने मनस्थितिमा छन् । राप्रपा हालसम्म अनिर्णित छ । राप्रपा अनिर्णित हुँदा सरकारले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

    यसैबीच मुख्यमन्त्री अधिकारीले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । भेटमा गण्डकीको सत्ताको बारेमा छलफल भएको छ ।प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको भन्दै मुख्यमन्त्री अधिकारीले सामाजिक सञ्जालमा मार्फत तस्बिर सार्वजनिक गरेका छन् ।  तर, गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार