मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाईनलमा, साउदीमाथि ६ विकेटको जित

नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाईनलमा, साउदीमाथि ६ विकेटको जित

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाईनलमा, साउदीमाथि ६ विकेटको जित
    images

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।पहिले नै समूह विजेता बनेर सेमिफाईनल पुगेको नेपाल समूह चरणमा अपराजित रह्यो । 


    images
    images

    ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ २ मा वर्षाले बाधा उत्पन्न गरेपछि ८ ओभरमा छोट्याइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा चार विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा गुल्सन झाले १९ बलमा सर्वाधिक नटआउट ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेल ७ बलमा १६ रन बनाएर नटआउट रहे । 

    दीपेन्द्रसिंह ऐरीले आउट हुनु अघि ९ बलमा १७ रन जोडे । आशिफ शेख र कुशल मल्लले समान २ रन जोडे भने कुशल भूर्तेलले खाता खोल्न सकेनन् ।  नेपालको शुरुवात निकै खराब रह्यो । टिमले खाता नखोल्दै कुशल भुर्तेललाई गुमाएको नेपालले ५ रनमा दोस्रो विकेटका रुपमा आशिफ शेख र टिमको स्कोर १५ हुँदा कुशल मल्ललाई गुमायो ।

    तर त्यसपछि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ३३ रन जोडेर टिमलाई जित तर्फ अघि बढाए । दीपेन्द्रको विकेट गुमेपछि गुल्सन झा र कप्तान रोहित पौडेलले पाँचौ विकेटका लागि २७ रनको साझेदारी गर्दै नेपाललाई जिताए । साउदीका इश्तियाक अहमदले २ विकेट लिए । 

    यसअघि टस हारेर ब्याटिङ गरेको साउदी अरेबियाले  ७ विकेट गुमाएर ७३ रन बनाएको थियो ।  साउदीका लागि अब्दुल वाहिदले बनाएको ३७ रन नै सर्वाधिक रह्यो।नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ तथा प्रतिश जीसी र ललित राजवंशीले १–१ विकेट लिए । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। हारसँगै साउदीको सेमिफाईनल प्रवेश गर्ने सम्भावना समाप्त भएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार