शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

तुल्सीपुरको मदनआश्रित चोकमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

तुल्सीपुरको मदनआश्रित चोकमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    तुल्सीपुरको मदनआश्रित चोकमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  


    images
    images

    तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे  । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर खोलेको हो । 

    यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवा उपलब्ध हुनेछन् । 

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार