शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

ओलीको राजनीतिक प्रतिवेदन : वामपन्थी एकता वा समाजवादी ध्रुब अस्वीकार

ओलीको राजनीतिक प्रतिवेदन : वामपन्थी एकता वा समाजवादी ध्रुब अस्वीकार

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    ओलीको राजनीतिक प्रतिवेदन : वामपन्थी एकता वा समाजवादी ध्रुब अस्वीकार
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता, समाजवादी मोर्चा वा अन्य कुनै पनि नाममा हुने राजनीतिक ध्रुबीकरणलाई अवस्वीकार गरेका छन् ।


    images
    images

    ललितपुरको गोदावरीमा आजदेखि शुरु भएको  पार्टीको प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले कुनै पनि नाममा ध्रुवीकरणलाई अस्वीकार गरेका हुन् । उनले त्यस्ता प्रयासलाई अनुचित भनेका छन् ।  उनले कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक नहुने लेखेका छन् । 

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लवले वामपन्थी एकता र समाजवादी मोर्चाका नाममा ध्रुबीकरणमा जोड दिईरहेका बेला ओलीले यसलाई अस्वीकार गरेका छन् । 

    ‘‘मुख्य प्रश्नहरुमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरु माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, ओलीले प्रतिवेदनमा भनेका छन् ।


    अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरु क्रमशः एक ठाउँमा हुन सक्ने भन्दै उनले भनेका छन्, ‘तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरुलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’

    नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सम्मिलित नयाँ सत्ता सहकार्य सुरु भएपछि मुुलुकको राजनीति एक हदसम्म अनुकुल बनेको ओलीले बताएका छन् ।

    यसले राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि स्थापित भएको भन्दै उनले नयाँ सरकार बनेपछि केही सकारात्मक थालनी भएको पनि बताएका छन् ।

    विगतमा घटनाका कारण अहिले पनि सत्ता सहकार्यप्रति आशंका रहेको भन्दै ओलीले तयसको खण्डन व्यवहारबाटै गर्नुपर्ने बताए । ‘विगतका कतिपय घटना, सन्दर्भ र अनुभवका आधारमा जनताको मनमा यस सहकार्यको दिगोपनमाथि आशंका छन् । यसको खण्डन कुनै औपचारिक मन्तव्य वा वक्तव्यबाट होइन, व्यवहारबाटै गरिनेछ’, ओलीले प्रतिवेदनमा भनेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार