शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन 

भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन 

साझा पोष्ट
शुक्रबार, माघ १९ २०८०
  • images
    भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन 
    images

    काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ ।


    images
    images

    पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं ।’

    पाण्डेको जन्म ११ मार्च १९९१ भारतको कानपुरमा भएको थियो । उनी मोडल र अभिनेत्री थिइन् । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार