सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ
    images

     काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।


    images
    images

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । त्यसअवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

    राष्ट्रपति पौडेलको औपचारिक निम्तोमा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए । उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए ।

    उनले मंगलबारनै राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए ।भेटपछि सम्झौता भएको थियो । -तस्बिर रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार