सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाए

लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाए

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाए
    images

    बुटवल । लुम्बिनी प्रदेशका ७ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्।


    images
    images

    एमालेबाट नियुक्त भएका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्जुन केसी वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । 


    यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ। बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन्।

    यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए।यसअघि १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर दुईवटा थपेका हुन्।

    तर, जनता समाजवादी पार्टीले दुई वटा मन्त्रालय दिने सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका भण्डारीलाल अहिरले राजीनामा दिएका छन्।माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका हुन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार