शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

मटिहानीमा आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण, पीडित रातभर खुला आकाशमा

मटिहानीमा आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण, पीडित रातभर खुला आकाशमा

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    मटिहानीमा आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण, पीडित रातभर खुला आकाशमा
    images

    काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । 


    images
    images

    आगलागीले बस्ती नै सखाप भएपछि पीडितहरुले खेत र सडकमा रात बिताएका छन् । पीडितहरुलाई नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ र चिनीको जोहो गरेको मेयर मण्डलले बताए । मटिहानी उद्योग वाणिज्य सङ्घले पीडितलाई खाना र बस्नका लागि सहयोग गर्न टोली खटाएको छ । नेपाल रेडक्रस सोसाइटीले बाल्टिन र मगसहित राहत सामग्री पुर्‍याएको छ ।जिल्ला विपत व्यवस्थापन समितिको आज बस्ने बैठकले थप राहतको निर्णय गर्नेछ ।

    तीव्र हावा चलिरहेको बेला बुधवार दिउँसो करीब २ बजे  आगलागी भएको थियो । बेलुकी अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    थप समाचार