आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

शिक्षा मन्त्रालयले आयोगसँग माग्यो दलका कार्यसमितिको विवरण, उजुरीसँग भिडाएर कारवाही गर्ने

शिक्षा मन्त्रालयले आयोगसँग माग्यो दलका कार्यसमितिको विवरण, उजुरीसँग भिडाएर कारवाही गर्ने

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    शिक्षा मन्त्रालयले आयोगसँग माग्यो दलका कार्यसमितिको विवरण, उजुरीसँग भिडाएर कारवाही गर्ने
    images

    काठमाडौं । राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्मम हुने घोषणा गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठले विवरण संकलन गर्न थालृेकी छन् ।


    images
    images

    राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी मन्त्री श्रेष्ठले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ।   शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि उनले विवरण मागेकी हुन् । कार्यसमितिको विवरणमा शिक्षकको विवरण भिडाएर शिक्षा मन्त्रालयले कारबाही सुरु गरेको हो । 
     शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण माग गरेको हो।  

    राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
    निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएका शिक्षक, कर्मचारीको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीको विवरण हेर्ने शिक्षामन्नीको सचिवालयले जनाएको छ । 
    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया हरु
    थप समाचार