आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

इलाममा ३७ र बझाङमा ३२ मतदान केन्द्र अतिसंवेदनशील

इलाममा ३७ र बझाङमा ३२ मतदान केन्द्र अतिसंवेदनशील

१ हजार २४ जना प्रहरी परिचालन गरिने

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    इलाममा ३७ र बझाङमा ३२ मतदान केन्द्र अतिसंवेदनशील
    images

    काठमाडौं । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।


    images
    images

    प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए ।

    उनका अनुसार बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।  त्यहाँ १ हजार २४ जनशक्ति परिचालित हुनेछन् । मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्नेछ । 

    प्रहरी प्रवक्ता ढकालले सबै सुरक्षा निकायसँगको सहयोगमा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउने बताए । उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै अनुमति दिएका छन् ।

    बल प्रयोग गर्नुपर्ने स्थितिमा प्रहरीले मतदान अधिकृतसँग समन्वय गरेर जिल्लाको कमाण्ड पोष्टमा जानकारी गराएर सुरक्षा कारबाही गर्नेछ ।निर्वाचनको समयमा निर्वाचन विरोधी दल र समूहको गतिविधि, जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य, अफवाह फैलाउने, धाकधम्की दिने, अवरोध पुर्‍याउने जस्ता गतिविधि हुनसक्ने भएकाले त्यसलाई निस्तेज पार्न प्रहरी पूर्ण रुपमा तयार रहेको उनले बताए ।

    मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्ने समेत उनले बताए । मतदातालाई अवरोध गरे वा मतदान स्थल वा केन्द्रमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गर्ने ढकालले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    थप समाचार