२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो

कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    images
    कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो
    काठमाडौं । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली फिल्मले अवार्ड जितेको छ । फ्रान्समा भएको ७५ औं फेस्टबलमा लघु फिल्म विधानमा नेपाली फिल्म लोरीले अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हो । अविनाश विक्रम शाहको ‘लोरीस् मेलान्कोली अफ माइ मदर्स लुलेबिज’ यस वर्ष कान्स फेस्टिभलको ७५ औँ संस्करणमा सर्ट फिल्म पाल्मे डी’ओर विधाका लागि छनोट भएका नौ सर्ट फिल्ममध्ये परेको हो । यस वर्ष आफ्नो ७५ औँ वार्षिकोत्सव मनाउन लागिएको कान्स फेस्टिभलमा १४० देशका ३ हजार ५०७ एन्ट्रीबाट छनोट भएको ‘लोरी’ पहिलो नेपाली चलचित्र हो । १४ मिनेटको यो चलचित्रले नेपालमा पितृसत्तात्मक समाज अन्तर्गत रहेका सामाजिक विकृतिहरूको खोजी गर्दछ ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार