२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

नेपाललाई चिनाउन सिडनीमा हुन लागेको नेपाल महोत्सवको तयारी अन्तिम चरणमा  

नेपाललाई चिनाउन सिडनीमा हुन लागेको नेपाल महोत्सवको तयारी अन्तिम चरणमा  

लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र चार वर्षको अन्तरालमा हुन लागेको नेपाल महोत्सवले अस्ट्रेलियाको नेपाली समाजलाई उत्साहित बनाएको छ ।  नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्तामा हस्तान्तरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ (एनएसडब्लु) अष्ट्रेलियाको सचिव बिनोद कुँवरले जानकारी दिए । 

साझा पोष्ट
बुधबार, कात्तिक १६ २०७९
  • images
    images
    नेपाललाई चिनाउन सिडनीमा हुन लागेको नेपाल महोत्सवको तयारी अन्तिम चरणमा  

    सिडनी । अष्ट्रेलियाको सिडनीमा आगामी नोभेम्बर १९ मा नेपाल महोत्सव आयोजना हुने भएको छ। नेपाल महोत्सवलाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि सिडनीबासी, आसपासमा रहेका नेपाली संघसंस्थाहरु र सिंगो नेपाली समुदाय तीव्र तयारीमा जुटेको छ । 


    images

    महोत्सवमा नेपाली मौलिक नृत्य,  लाइभ म्युजिक, बहुसांस्कृितक प्रस्तुतीहरु, नेपाली खाना लगायत विभिन्न परिकार र मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ । 

    लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र चार वर्षको अन्तरालमा हुन लागेको नेपाल महोत्सवले अस्ट्रेलियाको नेपाली समाजलाई उत्साहित बनाएको छ । 

    नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्तामा हस्तान्तरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ (एनएसडब्लु) अष्ट्रेलियाको सचिव बिनोद कुँवरले जानकारी दिए । 242110037_4239352909446789_1903971389759110477_n1667386948.jpg

    अघिल्ला बर्षहरुमाभन्दा यो बर्ष सहभागिता धेरैको हुने आयोजकको अपेक्षा छ । सचिव कुँवरले नेपाल महोत्सव सिडनी २०२२ केवल पर्यटन प्रर्वधनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय दिलाउने अवसरका रुपमा पनि रहेको बताए  । 

    बिशेष गरी नेपाल फेस्टिवल सिडनीको सबैभन्दा ठूलो इभेन्ट भएको हुँदा माहोल एकदमै उत्साहजनक रहेको कुँवरको भनाइ छ ।

    ‘आयोजक टिमका तर्फबाट पनि साथीहरुले सबैसँग हातेमालो गर्दै आ–आफ्नो बिधामा कार्य गरिरहेका छन्, यो हातेमालोमा व्यवसायिक संस्थाको पनि साथ पाएका छौं, कुँवरले भने, ‘महोत्सवलाई सफल बनाउनका लागि सबै लागिरहेको देख्दा साँच्चै नेपालीहरुको ठूलो पर्व आएको जस्तो लागिरहेको छ।’

    नेपालको समग्र प्रतिनिधित्व गराउने खालको भाषा संस्कृति, पहिरन, खाना अनि धार्मीक महत्वका बिषयबस्तुले नेपाल महोत्सवलाई बिशेष र अलग बनाएको त्यहाँ बस्ने नेपालीले बताएका छन् । जसले गर्दा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्टस भनेको नै नेपाल महोत्सव भएको कुँवरको भनाइ छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार