२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विवेक ओबरोयले गरे परिवारसहित  पशुपतिको दर्शन

विवेक ओबरोयले गरे परिवारसहित  पशुपतिको दर्शन

साझा पोष्ट
बिहीबार , मंसिर २९ २०७९
  • images
    images
    विवेक ओबरोयले गरे परिवारसहित  पशुपतिको दर्शन

    काठमाडौं । परिवारसहित नेपाल घुम्न आएका वलिउड अभिनेता विवेक ओबरोयले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । 


    images


    बुधवार काठमाडौं आएको उनले आज बिहान सपरिवार पशुपति गएर उनीहरूले पूजाअर्चना गरे । विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे । 

    व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय  बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।
    आजै चन्द्रागिरी जानेछन् । विवेक ओबरोयका बुबा सुरेश ओबरोय पनि चर्चित अभिनेता हुन् । नेपाल बस्दासम्म उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायतका ठाउँको भ्रमण पनि गर्दैछन् ।

    bibek 11671088085.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार