२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन

साझा पोष्ट
बुधबार, असोज १७ २०८०
  • images
    images
    गायिका दिलमाया खातीको निधन

    काठमाडौं  । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो । 
    दार्जिलिङमा जन्मिएकी उनले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् । 


    images

    एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्।

    दार्जिलिङकी नेपालीभाषी दिलमाया २०१८ सालमा नेपाल आएर पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी थिइन्। त्यसबेला रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेकी थिइन्।​ त्यसपछि यहाँका गायक–संगीतकारको आग्रहमा उनले नेपाली गीत गाउन थालेकी थिइन्।

    नारायणगोपालसँग गाएका उनका दुई गीत ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा’ , ‘तिमी देख्दा रहर लागेर आउँछ’ लोकप्रिय छन्। ‘साउन फर्की’, ‘सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत पनि चर्चित छन्। 

     ‘मेलोडी मुन’ उपमाले परिचित दिलमायाले देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कार प्राप्त गरेकी थिइन्।


     


    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार