२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

‘अगस्त्य’ले पायो पीजी सर्टिफिकेट, शुक्रवारदेखि प्रदर्शनमा

‘अगस्त्य’ले पायो पीजी सर्टिफिकेट, शुक्रवारदेखि प्रदर्शनमा

साझा पोष्ट
बिहीबार , फागुन १७ २०८०
  • images
    images
    ‘अगस्त्य’ले पायो पीजी सर्टिफिकेट, शुक्रवारदेखि प्रदर्शनमा

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘अगस्त्य च्याप्टर १’ ले ‘प्यारेन्टल गाइडेन्स’ (पीजी) सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले  फिल्मलाई बुधबार पीजी सर्टिफिकेट दिएको हो। 


    images

     पीजी सर्टिफिकेट पाएपछि १६ वर्षभन्दा कम उमेरका बालबालिकाले फिल्म हेर्न जाँदा अनिवार्य रुपमा अभिभावक लैजानुपर्ने हुन्छ।  फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित यस फिल्मले देशभरका हलमा उच्च शो पाएको छ।

    देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरि नै ४४ शो दिएको छ।यस्तै काठमाडौँको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आईएनआई चेनले सबै हलमा गरेर १२ शो दिइएको छ।

    उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन्। शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शो उपलब्ध गराएका छन्। 

    फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारको अभिनय छ।
    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।

    निर्माण पक्षका अनुसार अष्ट्रेलियामा शोको टिकट बिक्री भइसकेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार