२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।


    images

    ‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा उक्त रकमबराबरको क्यासब्याक पाइने छ ।
    यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि देखि ५० हजारसम्म पठाउँदा एक सय रूपैयाँ, ५० हजार एकदेखि एक लाखसम्म पठाउँदा २५० रूपैयाँ र एक लाखभन्दा बढी पैसा पठाउँदा ५०० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

    यो योजना जुन १०, २०२४ सम्म लागू रहने बैंकले जनाएको छ ।

    ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रूपैयाँ सम्म थप गरिदिने छ ।ग्लोबल आईएमई ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

    ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको बैंकले जनाएको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार