२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    images
    आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    काठमाडौं । सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। 


    images

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ‘ए’ क्याम्पसुल खुवाउन लागेको हो।

    स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले छ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिए।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर आज र भालि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने छन्। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाउने तयारी छ।देशभरीका करिब ३२ लाख बालबालिकाले भिटामिन ‘ए’ तथा २९ लाख बालबालिकाले जुकाको औषधि खाने सरकारको अनुमान छ । 

    बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार