२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

तुल्सीपुरको मदनआश्रित चोकमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

तुल्सीपुरको मदनआश्रित चोकमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    images
    तुल्सीपुरको मदनआश्रित चोकमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  


    images

    तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे  । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर खोलेको हो । 

    यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवा उपलब्ध हुनेछन् । 

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार