२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जुरीको मुल्यांकनमा बन्यो उत्कृष्ट ‘रित्तो गाउँ’

जुरीको मुल्यांकनमा बन्यो उत्कृष्ट ‘रित्तो गाउँ’

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    images
    जुरीको मुल्यांकनमा बन्यो उत्कृष्ट ‘रित्तो गाउँ’

    काठमाडौं – शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड जितेको छ । 


    images

    कलरिस्ट राजेन्द्र मोक्तानले रित्तो गाउँको प्रतिनिधित्व गर्दै अवार्ड ग्रहण गरे । अवार्ड कार्यक्रममा जुरी प्रमुख दयाराम दाहालले  फिल्म र निर्देशक रामजी ज्ञवालीको खुलेरै प्रशंसा गरे । देशको समसामयिक परिस्थितिमा निर्माण भएको यस फिल्मले जुरीको मात्रै होइन, उपस्थित २ हजार दर्शकको समेत मन जित्यो ।

    महोत्सवका क्रममा रित्तो गाउँको दोस्रो भाग मात्रै देखाइएको थियो । पुर्ण फिल्म भने काठमाडौंमा आगामी बैशाख–१४ गते हुने विशेष शो मार्फत देखाउने निर्माण टिमको तयारी छ । त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्त रुपमा गरेको रिसर्चमा यो फिल्म निर्माण भएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार