२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एनआईसी एसिया बैंकले भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट दिने

एनआईसी एसिया बैंकले भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट दिने

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    images
    एनआईसी एसिया बैंकले भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट दिने

    काठमाडौं । एन आई सी एशिया बैंकले २०८० चैत मसान्त सम्मका भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने योजना ल्याएको छ। साथै, साधारण बक्यौता ब्याज रकममा समेत विशेष छुट दिजे बैंकले जनाएको छ।
       
    मासिक तथा चैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको सूचनामा उल्लेख छ।


    images

    ‘यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो’ बैंकले भनेको छ।

    बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

    nic_asia_byaj.PNG

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार