२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकका १६९ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम, २० हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंकका १६९ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम, २० हजार बढीको सहभागिता

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैंकका १६९ शाखाले गरे  वित्तीय साक्षरता कार्यक्रम, २० हजार बढीको सहभागिता

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।


    images

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो। 

    बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता  थियो। 

    बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा दुई हजार पाँच सय, मधेश प्रदेशमा दुई हजार, बागमती प्रदेशमा पाँच हजार, गण्डकी प्रदेशमा चार हजार पाँच सय, लुम्बिनी प्रदेशमा तीन हजार पाँच सय, कर्णाली प्रदेशमा पाँच सय र सूदुरपश्चिम प्रदेशमा दुई पाँच सयभन्दा बढी लक्षित वर्गको सहभागिता थियो। 

    चालु आर्थिक वर्ष २०८०-८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम गर्न लागीएको बैंकले जनाएको छ । 

    कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ। 

    बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार