२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड'

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड'

साझा पोष्ट
सोमबार, वैशाख ३१ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड'

    काठमाडौं । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ। 
    ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो। 


    images

    बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको दाबी गरिएको छ।

    ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो।  

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक रहेको बताइएको छ।

    ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मे बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो। 

    ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ुनेपालको उत्कृष्ट बैंकु को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्ने बैंकको भनाइ छ। 

    बैंकका ग्राहकको माया, कर्मचारीको लगनसिलता, सेयरधनी, नियमनकारी संस्था, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको बैंकले बताएको छ।   

    बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र छन्। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार