२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

बिहीबार , जेठ १७ २०८१
  • images
    images
    अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

    पाटन । यही जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवार पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूले दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागेको हो ।


    images

    दबूका सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउन सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । 

    “नेपालका विभिन्न भाषाभाषी सञ्चारकर्मीका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायत देशका सञ्चारकर्मीको सहभागिता रहने छ । सम्मेलनमा भर्चुअल माध्यमबाट समेत विभिन्न देशका सहभागीले भाग लिनुहुनेछ”, उनले भने ।

    सार्क जर्नलिस्ट फोरमको सहयोगमा हुने सम्मेलनको जानकारी दिन बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनको उद्घाटन जेठ १९ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् । 

    सम्मेलनमा विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल हुने कार्यक्रम रहेको दबूका सम्मेलनका संयोजक श्रेष्ठले जानकारी दिए । एक सय वर्षअघि नेपालमा पहिलोपटक मातृभाषामा पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको पत्रिका ‘बुद्ध धर्म व नेपाल भाषा’ सम्पादन गरी प्रकाशन गरेका थिए ।

    “पत्रकार धर्मादित्य धर्माचार्यको एक सय २२औँ जन्मजयन्ती, नवौँ मातृभाषा पत्रकारिता दिवस तथा नेपाल भाषामा पत्रिका प्रकाशित भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन हुन लागेको हो, वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी छ”, नेवाः पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले भने । 

    सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि तथा पत्रकारहरूलाई संयोजन र सहभागी गराउन सहयोग गरेको फोरमका अध्यक्ष राजु लामाले बताए । उनका अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरूको सहभागिताका लागि संयोजन सहयोग गरिरहेको छ । रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार