काठमाडौं । आफ्नो अनैतिक वा गैरकानूनी कामलाई लुकाउनका घुस दिएको आरोपमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहरिएका छन् ।
न्यूयोर्कको एक अदालतले उनलाई दोषि ठहराएको हो । उनलाई ११ जुलाईका दिन सजाय सुनाइने छ ।
अमेरिकाको इतिहासमा पहिलोपटक कुनै पूर्व राष्ट्रपतिविरुद्ध आपराधिक मामिलामा सुनुवाई भएर दोषी हठरिएका हुन् । ट्रम्प यसैवर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले कोही पनि व्यक्ति कानूनभन्दा माथि नरहेको प्रक्रिया दिएका छन् ।
ट्रम्पमाथि २०१६ मा भएको राष्ट्रपति चुनावभन्दा पहिले पोर्न स्टार स्टर्मी डेनियल्सलाई केही नबोल्नका लागि रकम दिएको विषय लुकाएको र आफ्नो व्यावसायिक रेकर्डमा हेरफेर गरेको ३४ वटा आरोप लगाइएको थियो । ती सबै ३४ आरोपमा ट्रम्प दोषी ठहरिएका हुन् ।


