२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सेन्चुरी बैंकका पुर्वअध्यक्षसहित ८ जना पक्राउ

सेन्चुरी बैंकका पुर्वअध्यक्षसहित ८ जना पक्राउ

सोमबार, जेठ २८ २०८१
  • images
    images
    सेन्चुरी बैंकका पुर्वअध्यक्षसहित ८ जना पक्राउ

    काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्।


    images


    बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।


    पक्राउ परेका ८ जनामा राजेश श्रेष्ठसहित सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन्। 


    राजेशबाहेक ६ जना तत्कालीन सञ्चालक समिति सदस्य हुन् भने शिव गोपाल रिसाल क्याट शाखाका प्रमुख हुन्।

    यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।


    तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गरेको थियो।

    त्यसमा करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब १२ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो।

    कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि १० जना पक्राउ परेका थिए। यससम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ। 

    राष्ट्र बैंक र सीआईबीको अनुसन्धानमा थप रिपोर्ट प्राप्त भएपछि अहिले उक्त ८ जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

    श्रेष्ठसहितलाई यसअघि पनि यही मुद्दामा पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो।

    सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार