२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

मंगलबार, जेठ २९ २०८१
  • images
    images
    बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। 


    images

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

    निलम्‍बित मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध मुद्दा दायर भएको हो।

    वडा नम्बर ४ र १२ मा रहेको माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो। 

    त्यसमाथि अनुसन्धान हुँदा सागरनाथ वन विकास परियोजना अन्तर्गको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत बिना अनाधिकृत रूपमा माछा पोखरी निर्माण भएको अख्तियारले जनाएको छ। 

    यसरी निर्माण गर्दा ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेको अनुसन्धानमा देखिएको हो। नदीजन्य पदार्थ बिक्री गर्दा सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ।

    यसरी उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ रकम हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।  उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र जरिवाना माग गरेको छ।

    यसअघि गत चैतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा थापाविरूद्ध मुद्दा दायर भएको थियो। उनीविरूद्ध ५ करोड ३३ लाख ५३ हजार १९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। त्यसयता उनी निलम्बित छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार