२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओडिशामा भाजपाको पहिलो मुख्यमन्त्री बने मोहन चरण माझी

ओडिशामा भाजपाको पहिलो मुख्यमन्त्री बने मोहन चरण माझी

मंगलबार, जेठ २९ २०८१
  • images
    images
    ओडिशामा भाजपाको पहिलो मुख्यमन्त्री बने मोहन चरण माझी

    ओडिसा । भारतीय जनता पार्टी (भाजपा) नेता मोहन चरण माझी ओडिशाको नयाँ मुख्यमन्त्री भएका छन् । 


    images

    मङ्गलबार भएको दलको बैठकमा माझीलाई ओडिशामा भाजपाको विधायक दलको नेता चयन गरिएको हो ।

    पार्टीका नवनिर्वाचित विधायकहरूको बैठकपछि सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले यो निर्णय घोषणा गरेको हो । 

    उनका अनुसार कनक वर्धन सिंह देव र प्रवती परिडा उपमुख्यमन्त्री हुनेछन् । 

    लोकसभा चुनावको साथमा भएको विधानसभा चुनावमा बहुमत प्राप्त गरेपछि भाजपाले ओडिशामा आफ्नो पहिलो सरकार बनाउने तयारी गरेको हो । 

    राजनाथ सिंह र केन्द्रीय मन्त्री भूपेन्द्र यादव विधायकहरूको बैठकको लागि पार्टीको केन्द्रीय पर्यवेक्षकको रूपमा राज्यको राजधानी भुवनेश्वरमा रहेका थिए ।

    ओडिशा विधानसभामा भाजपाले १४७ सिटमध्ये ७८ सिट जितेको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार