२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रोकिएन वर्षा, नेपाल र श्रीलंकाबीच खेल नहुने चिन्ता

रोकिएन वर्षा, नेपाल र श्रीलंकाबीच खेल नहुने चिन्ता

बुधबार, जेठ ३० २०८१
  • images
    images
    रोकिएन वर्षा, नेपाल र श्रीलंकाबीच खेल नहुने चिन्ता

    फ्लोरिडा ।  नेपाल र श्रीलंकाबीच हुने टि ट्वेण्टी विश्वकपको समूह चरणको खेल वर्षाले प्रभावित हुने देखिएको छ ।खेल हुने स्टेडियम क्षेत्रमा विहानदेखि नै भैरहेको निरन्तर वर्षा  रोकिएको छैन । 
    खेल हेर्नका लागि अमेरिकाभर तथा अरु देशबाट फ्लोरिडा आइपुगेका दर्शकका लागि पनि मौसमले चिन्ता थपेको छ। अमेरिकाका विभिन्न राज्यबाट आएका समर्थक फ्लोरिडाको मौसमका कारण खेल हेर्न नपाउने हो कि भन्ने चिन्तामा छन् । मैदानमा पानी जमेको छ ।  
    तर ग्राउन्ड स्टाफले भने पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने दाबी गरेका छन् । 


    images
    florida_1.jpeg

    नेपाल र श्रीलंका पहिलो पटक एकअर्का विरुद्ध खेल्दै छन्। समूह डीमा रहेका नेपाल र श्रीलंकाबीच  फ्लोरिडाको ब्रोवार्ड काउन्टी मैदानमा स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजे) बीच खेल सुरु हुने तालिका छ ।

    नेपाल र श्रीलंका दुबै अंक विहिन छन् । श्रीलंकाले दुबै खेल हारेको छ नेपालले पनि पहिलो खेल हारेको थियो । नेपालले नेदरल्याण्ड्ससित पहिलो खेल गुमाएको थियो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले बंगलादेशसँगको खेल पनि गुमाएको थियो। 

    florida_3.jpeg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार