२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रडले हानेर काभ्रेमा एक महिलाको विभत्स हत्या

रडले हानेर काभ्रेमा एक महिलाको विभत्स हत्या

बुधबार, जेठ ३० २०८१
  • images
    images
    रडले हानेर काभ्रेमा एक महिलाको विभत्स हत्या

    काठमाडौं । काभ्रेमा रडले हानेर एक महिलाको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।


    images

    यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका-२ काफल डाँडामा सोही ठाउँकी ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो। 

    साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो। 

    उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स ढंगले हत्या गरेको अनुसन्धनको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

    उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ। पक्राउपछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार