२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ

आइतबार, असार २ २०८१
  • images
    images
    नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ

    काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।


    images

    पक्राउ पर्नेमा उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई सरकारी कागजात कीर्ते गरेको कसुरमा अनुसन्धान भइरहेको छ । यो प्रकरण सीआईबीले छानबिन गरिरहेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार