२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपालले बंगलादेशविरुद्ध टस जितेर बलिङ रोज्यो, करण केसीको ठाउँमा सन्दीप जोरा खेल्ने

नेपालले बंगलादेशविरुद्ध टस जितेर बलिङ रोज्यो, करण केसीको ठाउँमा सन्दीप जोरा खेल्ने

सोमबार, असार ३ २०८१
  • images
    images
    नेपालले बंगलादेशविरुद्ध टस जितेर बलिङ रोज्यो, करण केसीको ठाउँमा सन्दीप जोरा खेल्ने

    दीपेन्द्र कुँवर-


    images

    किङ्सटाउन। टी–ट्वेन्टी विश्वकप अन्तर्गत नेपालले बंगलादेशविरुद्ध टस जितेर बलिङ रोजेको छ । सेन्टभिन्सेटको आर्सेन भाले रंगशालामा कप्तान रोहितकुमार पौडेलले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले एक परिवर्तन गरेको छ । नेपालले आज तीब्र गतिका बलर करण केसीलाई आराम दिएर ब्याटर सन्दीप जोरालाई मौका दिएको छ । सन्दीप मिडल अर्डरका ब्याटर हुन् । 

    यसअघि नै विश्वकपबाट बाहिरिसकेको नेपाल बंगलादेशविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने योजनामा छ भने  बगंलादेश सुपर एटमा पुग्न जित्नै पर्ने दबाबमा छ । 

     दक्षिण अफ्रिकासँग १ रनले हारेपछि नेपालको विश्वकपको सुपर ८ खेल्ने सपना समाप्त भएको छ भने नेपालको त्यही हारले बंगलादेशको सुपर एट संभावना बलियो भएको छ । तर बंगलादेशका लागि पनि सहज हुने छैन । 

    बंगलादेश नेपालसँग पराजित भए र नेदरल्यान्ड्सले श्रीलंकाविरुद्ध जित निकाल्दै नेट रनरेटमा अघि रहे बंगलादेश पनि विश्वकपबाट बाहिरिनेछ। दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शनका कारण बंगलादेश नेपाली टोलीसँग सशंकित छ ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार