२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इनार सफा गर्ने क्रममा सुर्खेतमा  दुई  जनाको मृत्यु

इनार सफा गर्ने क्रममा सुर्खेतमा  दुई  जनाको मृत्यु

सोमबार, असार ३ २०८१
  • images
    images
    इनार सफा गर्ने क्रममा सुर्खेतमा  दुई  जनाको मृत्यु

    सुर्खेत । इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ।


    images

    वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए।

    सोमबार अपराह्न ४:२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए। 

    ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो।

    तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो। शव अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार