२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ बाट सम्मानित

ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ बाट सम्मानित

साझा पोष्ट
बुधबार, साउन ९ २०८१
  • images
    images
    ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित भएको छ । बैंक ‘बेस्ट बैंक नेपाल’ र ‘बेस्ट बैंक ईएसजी नेपाल’ (वातावरण, सामाजिक र सुशासन) विधामा सम्मानित भएको हो ।


    images

    यो वर्षको अवार्डसँगै बैंक दोस्रो पटक ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित भएको जनाएको छ । यसै वर्ष बैंकलाई ग्लोबल फाइनान्सले पनि ‘उत्कृष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित गरेको थियो ।

    सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति छन् । 

    युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरुले ग्लोबल आइएमई बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्ने बैंकले जनाएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार