२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

म्याङलुङ-१ र धनकुटा-७ मा प्रभु बैंकको शाखा

म्याङलुङ-१ र धनकुटा-७ मा प्रभु बैंकको शाखा

साझा पोष्ट
आइतबार, साउन १३ २०८१
  • images
    images
    म्याङलुङ-१ र  धनकुटा-७ मा प्रभु बैंकको शाखा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबारदेखि दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।


    images

    बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिका १ र धनकुटाको धनकुटा नगरपालिका ७ मा क्रमशः ३०८औँ र ३०९औँ शाखा खोली सञ्चालनमा ल्याएको छ।

    प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ। 


    बैंकको म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार