२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट

साझा पोष्ट
मंगलबार, भदौ २५ २०८१
  • images
    images
    प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट

    काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं, त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालि बीच विशेष छुट सम्झौता भएको छ । मंगलबार एक समारोहबीच बैंक र हस्पिटलबीच सम्झौता भएको हो ।


    images

    सम्झौतापत्रमा हस्पिटलका तर्फबाट रजत श्रेष्ठ(सदस्य-सचिव) र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरेका छन् ।


    सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखी १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

    ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई रहेका छन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार