२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

साझा पोष्ट
सोमबार, भदौ ३१ २०८१
  • images
    images
    प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

    काठमाडौं । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेसन हब) स्थापना गरेको छ। 


    images

    स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भूमिकालाई मध्यनजर गर्दै प्रभु बैंक लि। गण्डकी प्रदेश कार्यालयअन्तर्गत उक्त विभाग स्थापना गरिएको हो। 

    हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ। 

    सीमित वित्तीय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट वञ्चित रहेको  समसामयिक परिप्रेक्ष्यलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले यस प्रभु बैंक लि।, गण्डकी प्रदेश कार्यालयअन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैंक लि।को सेवालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ। 

    शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैंकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ। उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको उद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनबाट गरिएको थियो।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार