२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकमा सेयर धितो कर्जा अनलाइनबाट

ग्लोबल आइएमई बैंकमा सेयर धितो कर्जा अनलाइनबाट

साझा पोष्ट
शुक्रबार, असोज ११ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैंकमा सेयर धितो कर्जा अनलाइनबाट

    काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक व्यक्तिले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।


    images

    बैंकले सार्वजनिक गरेको यो डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएको सेयर धितो राखी सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजात बुझाउन सक्नेछन् । अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।

    यो सेयर धितो कर्जाको सीमा न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाका लागि धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनु पर्नेछ, निवेदकबाहेक अन्य व्यक्तिको सेयर धितोको रुपमा स्वीकार गरिने छैन ।यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । 

    ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । 

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार