२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मदन भण्डारी मेमोरियल कलेजमा शिक्षाविद् चैतन्य शर्माप्रति श्रद्धाञ्जली

मदन भण्डारी मेमोरियल कलेजमा शिक्षाविद् चैतन्य शर्माप्रति श्रद्धाञ्जली

मंगलबार, कात्तिक २७ २०८१
  • images
    images
    मदन भण्डारी मेमोरियल कलेजमा शिक्षाविद् चैतन्य शर्माप्रति श्रद्धाञ्जली

    काठमाडौं ।मदन भण्डारी मेमोरियल कलेजले पूर्व क्याम्पस प्रमुख तथा शिक्षाविद् दिवंगत चैतन्य प्रसाद शर्मा सापकोटाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 


    images

    शर्माको १३ औँ दिनको पुण्य तिथिमा कलेजमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । सभामा क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले उनको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै त्यो अतुलनीय रहेको बताए । 

    शर्माको ७३ वर्षमा कात्तिक १५ गते उपचारका क्रममा निधन भएको थियो । 

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष समेत रहेका शर्माले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष र नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिवको रूपमा समेत कार्य गरेका थिए । 

    श्रद्धाञ्जली सभामा कलेज परिवारका सदस्यहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार