२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

बुधबार, मंसिर ५ २०८१
  • images
    images
    माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

    काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ ।


    images

    थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

    सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।

    माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार