काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्न्यासी’ बनेकी छन्।
ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन्।
ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्न्यास दीक्षा’ ग्रहण गरेको अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
उनका अनुसार ओशो सन्न्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ ।
‘लज्जा’बाट डेब्यु गरेकी उनले हवलदार सुन्तली, फागु, किस्मत २, मंगलमलगायतका चर्चित फिल्म खेलिसकेकी छन्।
शिल्पाले केही समय अघि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।


